You are viewing the translated version of अनुमति पत्र दिनु पर्ने.

Rule 5
अनुमति पत्र दिनु पर्ने
(१) नियम ४ बमोजिम निवेदन पर्न आएमा बैंकले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक देखेमा त्यस्तो निवेदन दिने संस्थासंग थप जानकारी वा विवरण माग गर्न सक्नेछ ।
(२) अनुमतिपत्रका लागि उप-नियम (१) बमोजिम परेको निवेदन उपर जांचबुझ गर्दा बैंकले अनुमतिपत्र दिन उपयुक्त देखेमा अनुसूची-२ बमोजिमको ढाँचामा अनुमति पत्र दिनेछ ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र दिदा वा अस्वीकृत भएको जानकारी दिंदा निवेदन प्राप्त भएको मितिले वा उपनियम (१) बमोजिम थप जानकारी वा विवरण माग गरिएकोमा त्यस्तो जानकारी वा विवरण प्राप्त भएको मितिले ऐनको दफा ५ को उपदफा (३) बमोजिम बढीमा पचहत्तर दिनभित्र बैंकले त्यस्तो अनुमतिपत्र वा अस्वीकृत भएको जानकारी दिनु पर्नेछ ।
(४) .................
(५) उपनियम (२) बमोजिम बैंकले अनुमतिपत्र दिंदा अनुमति पत्र दस्तुर वापत रु. १००।- बैंकमा बुझाएको भौचर संस्थासंग लिनु पर्नेछ ।
(६) बैंकले उपनियम (२) बमोजिम अनुमतिपत्र दिंदा आवश्यक शर्तहरु तोक्न सक्नेछ र ती शर्तहरुको पालना गर्नु सो संस्थाको कर्तव्य हुनेछ ।